काठमाण्डु – नेकपा एमालेले रूपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको उम्मेदवारमा उपाध्यक्ष विष्णु पौडेलको नाम सर्वसम्मत सिफारिस गरेको छ ।
एमाले क्षेत्रीय कमिटीको आइतवार बसेको बैठकले मंसिर ४ गते हुने निर्वाचनका लागि पौडेलको नाम सर्वसम्मत सिफारिस गरेको हो ।
पौडेल २०७४ मा यही क्षेत्रबाट विजयी भएका थिए । त्यस्तै एमालेले काभ्रे क्षेत्र नम्बर २ बाट नेता गोकुल बास्कोटालाई सर्वसम्मत उम्मेदवारमा सिफारिस गरेको छ ।
आइतबार बसेको एमाले बैठकले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि बाँस्कोटाको एकल नाम सिफारिस गरेको हो । बास्कोटा अहिले पनि यही क्षेत्रबाट सांसद छन् ।।




प्रतिक्रिया