गोकुल बाँस्कोटाको घरमा बम बिस्फोट गराउने तीन जना पक्राउ

गोकुल बाँस्कोटाको घरमा बम बिस्फोट गराउने तीन जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका तीन कार्यकर्ता पक्राउ परेका छन् ।

पूर्व सूचना तथा संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम विस्फोट गराएको आशंकामा प्रहरीले उनीहरुलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कैलालीका लक्ष्मण सेठी, कालिकोटका टेक लुहार र कैलालीका अमृत कुमाल रहेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।

प्रहरीले उनीहरुलाई आज पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्ने तयारी गरेको छ ।  २८ फागुनमा बाँस्कोटाको भक्तपुरको जडिबुटीस्थित नवनिर्मित घरमा प्रेसर कुकर बम बिस्फोट भएको थियो ।