सञ्चारमन्त्रीको प्रश्न : कांग्रेस दिनभरि बिपी, रातभरि विप्लव हो ?

सञ्चारमन्त्रीको प्रश्न : कांग्रेस दिनभरि बिपी, रातभरि विप्लव हो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले गरिरहेको हिंसाको सहारा लिएर नेपाली कांग्रेसले सरकारमाथि प्रश्न उठाएको भन्दै विप्लवमाथिको आफ्नो धारणा स्पष्ट पार्न आग्रह गरेका छन् ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता कुमार पौडेल हत्याका विषयमा संसद अवरुद्ध गरिरहेको कांग्रेसलाई आफ्नो नीतिमा स्पष्ट हुनेतर्फ संकेत गर्दै उनले भने, ‘कांग्रेस दिनभरि बिपी र रातभर विप्लव हो?’

प्रतिपक्षी दल नेपाली कांग्रेसले मृत्युको व्यापार गरेको समेत उनले आरोप लगाए । सर्लाहीमा पौडेलका साथै भोजपुरमा विप्लव कार्यकर्ता र प्रहरी जवान मारिएको विषयमा समेत प्रतिपक्षबाट केही अप्ठ्यारा टिप्पणी आएको बताउँदै उनले शान्ति चाहने र हिंसा गर्नेलाई एकै नजरले हेर्नु प्रतिपक्षको दृष्टिदोष भएको उल्लेख गरे ।

कांग्रेसको चारताराबाट शान्ति र लोकतन्त्रका दुई तारा हराएको भन्दै उलने कटाक्ष समेत गरे ।

संसद अवरुद्ध पहिलो र अन्तिम नभएको भन्दै कुमार पौडेल हत्याका विषयमा संसदीय समिति बनाउन नसकिने उनले बताए ।