काठमाडौं – सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना मन्त्री गोकुल बाँस्कोटाले भारतीय गुप्तचर विभाग (रअ) का प्रमुखलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भेट गरेको आफुलाई थाहा नभएको बताएका छन् ।
बिहिबार मन्त्रीपरिषद बैठकको निर्णय सुनाउने नियमित पत्रकार सम्मेलनमा उनले भने, ‘प्रधानमन्त्रीले भेटेका छैनन्, रअका प्रमुख यदि आएको हो र भेटेको हो भने पनि प्रचलित डिप्लोमेटिक प्राटोकलकै आधारमा भेटघाट हुनुपर्छ । क–कसले भेट्नु भयो हामीलाई थाहा पनि छैन । सञ्चारमाध्यमले हुँदै नभएको समाचार ल्याएर कुईरिमण्डलको खेति नगरौं ।’
उनले भने, ‘हिजो भारतका रअ प्रमुख आए, भोली चाइनाका आउलान्, पर्सि अन्य देशका आउलान् । के सबै आउनेजतिसँग भेट् गर्ने सबै उसकै भइहाल्छन् त ? उनले कोही कसैलाई भेट्दैमा कोही उसकै पक्षधर भईनहाल्ने पनि बताए ।




प्रतिक्रिया