सुनको मूल्य हालसम्मकै महङ्गो, तोलाको कति ?


काठमाण्डु- सुन मूल्यले बुधबार नयाँ रेकर्ड राखेको छ। तोलामा १ हजार ५०० रुपैयाँ बढेर सुन हालसम्मकै महङ्गो बनेको हो।

जसअनुसार बुधबार छापावाल सुनको मूल्य १ लाख १२ हजार रुपैयाँ प्रतितोला कायम भएको छ । यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ४५० मा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार भने छापावाल सुन प्रतितोला १ लाख १० हजार ५०० र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ९५० रुपैयाँमा किनबेच भएको थियो । आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ३९५ रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार भने चाँदी प्रतितोला १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement