पशुपतिको जलहरी जोखियो, कति किलोग्राम पाइयो सुन ?

पशुपतिको जलहरी जोखियो, कति किलोग्राम पाइयो सुन ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- पशुपतिनाथको स्वर्ण जलहरी जोख्दा १०७.४६८७ किलोग्रामको पाइएको छ । जलहरीको नापतौल तथा शुद्धता परीक्षण गर्दा १०७.७६ किलोग्राम हुनुपर्नेमा १०७.४६८७ किलोग्राम भएको पाइएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली सेना,सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि र पशुपति क्षेत्र विकास कोषको रोहवरमा पशुपतिनाथ मन्दिरभित्र राखिएको जलहरी नापतौल र परीक्षण गरेको थियो ।

सुनको जलहरी नापतौल र परीक्षण गर्न पशुपतिनाथ मन्दिरको उत्तरतर्फ रहेको रुद्रगारेश्वरमा ल्याइएको थियो। जलहरीको निर्माण सोही स्थानमा गरिएको थियो। जसअनुसार जलहरीको नापतौल तथा शुद्धता परीक्षण गर्दा १०७.७६ किलोग्राम हुनुपर्नेमा १०७.४६८७ किलोग्राम भएको पाइएको हो ।

पशुपतिनाथ मन्दिरमा राखिएको जलहरीको विषयलाई लिएर विवाद हुँदै आएको छ। संसदमा समेत पशुपतिनाथ मन्दिरमा सुन भनेर पित्तलको जलहरी राखिएको भन्दै विवाद भएको थियो।