टक्सारमा सुन जोखिँदै (हेर्नुहाेस् तस्वीरहरू)


काठमाण्डु- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाहिर बरामद सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा जोख्न थालिएको छ ।

महाशाखाका प्रमुख थानेश्वर आचार्यले केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सुन जोख्नका लागि आग्रह गर्दै लेखेको पत्र आफूहरुलाई प्राप्त भएकोले सुन जोख्ने प्रक्रिया सुरु भएको जानकारी दिए ।

उनका अनुसार टक्सारमा सामान खोलेर सुन छुट्टयाउने र त्यसपछि गाल्ने प्रक्रिया सुरु हुनेछ । राजश्व अनुसन्धान विभागले तीन साउनमा सिनामंगलबाट सुनसहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement