सुन तस्करी प्रकरण: पूर्वन्यायाधीश आचार्यको संयोजकत्वमा छानबिन आयोग गठन

सुन तस्करी प्रकरण: पूर्वन्यायाधीश आचार्यको संयोजकत्वमा छानबिन आयोग गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सरकारले सुन तस्करीको विषयमा छानबिन गरी सुझाव सहितको प्रतिवेदन बुझाउने गरी ४ सदस्यीय छानबिन आयोग बनाउने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा ४ सदस्यीय आयोग बनाउने निर्णय गरेको हो ।

आचार्य संयोजकत्वको चार सदस्यीय टोलीमा अर्थ मन्त्रालयका किशोरजंग कार्की र गृह मन्त्रालयका प्रेमराज जोशी र पूर्वएआईजी सहकुल थापा रहेका छन् । आज बिहान बालुवाटारमा बसेको बैठकमासुन तस्करी प्रकरणमा नेकपा एमालेको माग बमोजिम उच्चस्तरीय छानबिन आयोग गठन गर्ने सहमति भएको थियो ।