एकैदिन १३ सयले घट्यो सुनको मूल्य, ताेलाकाे कति ?

एकैदिन १३ सयले घट्यो सुनको मूल्य, ताेलाकाे कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु नेपाली बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आएको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएकोमा आज एक हजार तीन सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ६ हजार ६ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ६ हजार एक सय रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ३४० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ३१० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।