घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-  सोमबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला सात सयको दरले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १२ हजार ३०० र तेजावी सुन प्रतितोला १ लाख ११ हजार ७५० रुपैयाँमा कारोबार भईरहेको छ । कारोबारको अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख १३ हजार र तेजावी सुन प्रतितोला १ लाख १२ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ३९० रुपैयाँमा कायम रहेर कारोबार भइरहेको छ ।