बिहीवार सनुको मूल्य बढ्यो, तोलाको कति ?

बिहीवार सनुको मूल्य बढ्यो, तोलाको कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली बजारमा बिहीबार सुनको मूल्य पुनः उकालो लागेको छ । अघिल्लो दिन तोलामा एक हजार रुपैयाँले घट्दै १ लाख १५ हजार रुपैयाँमा झरेको छापावाला सुनको मूल्य आज पुनः ७ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा ७ सय रुपैयाँले नै बढ्दै १ लाख १५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने आज तोलामा २० रुपैयाँले बढ्दै १ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।