सुनको मूल्य बढ्यो, तोलाको कति ?

सुनको मूल्य बढ्यो, तोलाको कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ५ सयले बढेको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार ५०० रुपैयाँ छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १५ हजार ७०० रुपैयाँ थियो । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १५ हजार ६५० रुपैयाँ छ ।

साथै, चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर १४ सय ५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।