सुन तस्करी उच्चस्तरीय जाँचबुझ आयोगमा चार सदस्य थप

सुन तस्करी उच्चस्तरीय जाँचबुझ आयोगमा चार सदस्य थप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगमा चार जना सदस्य थपिएका छन्।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारको प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । आयोगको मागबमोजिम चारजना प्राविधिक जनशक्तिसहितको सदस्य थपिएको हाे । तर आयोगमा थपिएका सदस्यहरू को हुन् भन्ने खुलिसकेको छैन।

असोज १४ गते बसेको मन्त्रिपरिषदको बैठकले जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको थियो। यसका लागि पुरानो गृह मन्त्रालयको भवनमा कार्यालय राखिएको छ।