आज चाँदीको मूल्य बढ्यो, सुन स्थीर

आज चाँदीको मूल्य बढ्यो, सुन स्थीर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – शुक्रबार पनि सुनको मूल्य स्थिर रहेको छ । बुधबार र बिहीबार तोलामा छापावाल सुन ७० हजार ६०० रुपैयाँमा कारोबार भएको सुन शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी तेजाबी सुन ७० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य भने तोलमा ५ रुपैयाँले बढेको छ । बिहीबार ८४५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।