तस्करीको सुन गाल्ने कारखानामा प्रहरीको छापा, १ जना पक्राउ

तस्करीको सुन गाल्ने कारखानामा प्रहरीको छापा, १ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- काठमाण्डुको न्यूरोड स्थित तस्करीको सुन गाल्ने कारखानामा प्रहरीले छापा मारेको छ ।

गएराति उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ओम्पाल गोल्ड शपमा छापा मारेको हो । सो क्रममा प्रहरीले कारखानाका सञ्चालक पदमप्रसाद ४१ वर्षीया पाण्डेलाई पक्राउ गरेको छ ।

कारखानाबाट करिब ७ किलो अवैध सुन बरामद गरिएकाे जनाइएको छ ।