काठमाडौं – नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमबार तोलामा २ सयले घटेर ७१ हजार रुपैयाँमा कारोबार भएको सुन मंगलबार ७० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ ।
आइतबार सुन तोलाको ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजावी सुन तोलाको ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज चाँदी तोलाको ८६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी तोलाको ८७० रुपैयाँ कायम गरिएको थियो ।




प्रतिक्रिया