घले समूहले १३८ किलो सुन तस्करी गरेको छानबिन समितिको निष्कर्ष

घले समूहले १३८ किलो सुन तस्करी गरेको छानबिन समितिको निष्कर्ष


काठमाण्डु- त्रिभुवन विमानस्थल भन्सार कार्यालयको छानबिन समितिले मीनबहादुर घले र उनको समूहले १३८ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ ।

यसमध्ये पछिल्लो पटक १४ किलो सुन भन्सार कार्यालयले बरामद गरेको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट केही साताअघि १४ केजी सुनसहित चन्द्रबहादुर घले पक्राउ परेका थिए।

त्यसक्रममा गोरखाका मीनबहादुर पनि पक्राउ परेका थिए । त्यसपछि छानबिन समिति गठन भएको थियो । सो समितिले छानबिन प्रतिवेदन सार्वजनिक गर्दै १३८ केजी सुन नेपाल भित्र्याएकोमा १४ केजी मात्रै बरामद गरिएको जनाएको छ ।

मीनबहादुर र चन्द्रका साथै कृष्णकुमार श्रेष्ठले दुबईबाट सुन लिएर आउने गरेका थिए । एयरपोर्टमा सेटिङ मिलाउन भने डीबी भन्ने दनबहादुर गुरुङलाई प्रयोग गरेको पाइएको छ ।