सुनको मूल्य ह्वात्तै बढ्यो

सुनको मूल्य ह्वात्तै बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – साताको चौथो दिन नेपाली बजारमा सुनको मूल्य ह्वातै बढेको छ ।

सोमबार र मंगलबार प्रतितोला ७१ हजार चार सय रुपैयाँ स्थिर मूल्यमा कारोबार भएको सुन बुधबार एकै पटक प्रतितोला आठ सय रुपैयाँ वृद्धि भएको हो ।

महासंघका अनुसार बुधबार बजारमा छापावाल सुन प्रतितोला ७२ हजार दुई सय र तेजावी सुन प्रतितोला ७१ हजार नौं सय रुपैयाँ निर्धारण गरिएको छ ।

सुनसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ । सोमबार र मंगलबार प्रतितोला ८५० रुपैयाँ स्थिर मूल्यमा कारोबार भएको चाँदी बुधबार प्रतितोला १५ रुपैयाँ वृद्धि भएर प्रतितोला ८६५ रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाई छ ।