सुनको मूल्यमा सामान्य गिरावट,कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा सामान्य गिरावट,कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज सामान्य घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार,छापावाला सुन बिहीबार प्रतितोला एक लाख ४० हजारमा कारोबार भएकामा आजका लागि एक लाख ३९ हजार तीन सय निर्धारण भएको छ ।

यस्तै तेजाबी सुन बिहीबार तोलामा एक लाख ३९ हजार तीन सयमा कारोबार भएकामा आज एक लाख ३८ हजार छ सय ५० तय भएको छ ।

चाँदीको मूल्य पनि तोलामा पाँचले घटेको छ । बिहीबार तोलामा एक हजार आठ सय पाँचमा कारोबार भएको चाँदीको भने एक हजार आठ सय निर्धारण भएको छ ।