सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – एक सातादेखि आरोलो लाग्दै आएको सुनचाँदीको मूल्य आज वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनमा प्रतितोला  ४०० र चाँदीमा प्रतितोला  १० वृद्धि भएको छ ।

महासङ्घले बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला  ७१ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला  ७० हजार ९०० तोकेको छ । यस्तै चाँदीको मूल्य प्रतितोला  ८४० निर्धारण गरिएको छ ।

अघिल्लो बुधबारदेखि लगातार ओरालो लाग्दै आएको सुनचाँदीको मूल्य बुधबार भने स्थिर रहेको थियो । बुधबार छापावाला सुन प्रतितोला ७० हजार ८००, तेजाबी सुन प्रतितोला  ७० हजार ५०० र चाँदी प्रतितोला  ८३० मा खरीद बिक्री भएको थियो ।