काठमाण्डु – स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा एक हजारले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाला सुन आइतबार प्रतितोला एक लाख ४२ हजारमा कारोबार भएकामा सोमबार सुनको मूल्य एक लाख ४१ हजार निर्धारण भएको जनाएको छ ।
यसैगरी, तेजाबी सुन आइतबार प्रतितोला एक लाख ४१ हजार तीन सयमा कारोबार भएकामा आज त्यति नै परिमाणको सुनको मूल्य एक लाख ४० हजार तीन सय निर्धारण भएको छ ।
महासंघले चाँदीको मूल्य तोलामा १५ ले घटेको बताएको छ । आइतबार प्रतितोला एक हजार आठ सय ५० मा कारोबार भएको चाँदी आज रु एक हजार आठ सय ३५ मा खरिदबिक्री हुँदैछ ।




प्रतिक्रिया