सुनको मूल्य अहिलेसम्मकै उच्च, ७५ हजार ५ सय पुग्यो

सुनको मूल्य अहिलेसम्मकै उच्च, ७५ हजार ५ सय पुग्यो


काठमाडौं – नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । शुक्रबार प्रतितोला ७४ हजार ५ सयमा कारोबार भएको सुनले आइतबार प्रतितोला १ हजार रुपैयाँ वृद्धि भएर अहिले सम्मकै नयाँ रेकर्ड कायम गरेको हो ।

आज आइतबार सुनको मूल्य प्रतितोला ७५ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन प्रतितोला ७५ हजार २ सय रुपैयाँ निर्धारण गरिएको छ ।

सुनको मूल्य वृद्धि हुँदा चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आइतबार प्रतितोला ९ सय रुपैयाँमा कारोबार भएको भइरहेको छ । इरान र अमेरिकाबीचको तनावका कारण सुनको मूल्य वृद्धि भएको महासंघको भनाइ छ ।