काडमाडौँको कपनबाट ६ किलो सुन र ४८ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ

काडमाडौँको कपनबाट ६ किलो सुन र ४८ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ


काठमाण्डु – प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौँको कपनबाट करिब ६ किलो सुन र ४८ लाख रुपैयाँसहित आइतबार राति एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ परेका चिनियाँ नागरिक यसअघि पनि सुन तस्करीमा संलग्न रहेर प्रहरीको खोजी सूचीमै रहेका व्यक्ति रहेको सीआईबी स्रोतले जानकारी दियो ।

सुनको तौल परीक्षणको काम बाँकी नै रहेको भन्दै सीआईबीले अहिलेसम्म केही पनि विवरण सार्वजनिक गरेको छैन ।

कपनबाट बरामद भएको सुन १ किलो लेखिएको ६ थान छ । सुन स्थलमार्गबाट तस्करी भएर आएको हुनसक्ने सीआईबीले जनाएको छ ।