काठमाडौं – नेपाली बजारमा सुनको मूल्यले फेरी नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको छ । आइतबार प्रतितोला सुनको मूल्य ७५ हजार ५ सयमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार ५ सयले बढेर ७६ हजार पुगेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
नेपाली बजारमा यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो । यस्तै तेजावी सुनको मूल्य पनि प्रतितोला ७५ हजार ७ सय रुपैयाँ पुगेको छ । सुनसँगै चाँदीको मूल्य पनि बढेको छ ।
आइतबार प्रतितोला ९ सय रुपैयाँमा कारोबार भएको चाँदी सोमबार २० रुपैयाँ बढेर ९ सय २० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । अमेरिका र ईरानको बीचमा बढेको तनावको असर सुनमा देखिएको महासंघले जनाएको छ ।




प्रतिक्रिया