घट्यो सुनको मूल्य, आज तोलाको कति ?

घट्यो सुनको मूल्य, आज तोलाको कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुनको मूल्य आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन प्रतितोला एक हजार तीन सयले घटेको जानकारी दिएको छ ।

शुक्रबार प्रतितोला एक लाख ४७ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आज एक लाख ४६ हजार दुई सय निर्धारण भएको हो ।

त्यस्तै शुक्रबार प्रतितोला एक लाख ४६ हजार आठ सयमा कारोबार भएको तेजाबी सुन आज एक लाख ४५ हजार पाँच सय निर्धारण भएको छ ।

चाँदीको मूल्य भने आज प्रतितोला २० ले घटेको छ । शुक्रबार प्रतितोला एक हजार आठ सय ३० मा कारोबार भएको चाँदीको मूल्य आज एक हजार आठ सय १० निर्धारण भएको छ ।