शुक्रबार रेकर्ड राखेको सुनको भाउ आज एकैदिन १२ सयले घट्यो

शुक्रबार रेकर्ड राखेको सुनको भाउ आज एकैदिन १२ सयले घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–आइतबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ ।

शुक्रबारको तुलनामा आइतबार सुन तोलाको १२ सयले घटेको हो ।

शुक्रबार १ लाख ५३ हजार ३ सयमा कारोबार भएको सुन आज १ लाख ५२ हजार १ सयमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि शुक्रबार सुनको मुल्य अहिलेसम्मकै उच्च थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलाको ४५ रुपैयाँले घटेर १७५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।