सुनको भाउ १ लाख ५० हजार नाघ्यो

सुनको भाउ १ लाख ५० हजार नाघ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– मंगलबार नेपाली बजारमा सुनको भाउ बढेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा १ हजारले बढेको हो ।

हिजो १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ ३० रुपैयाँले बढेर १८ सय ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।