काठमाण्डु– मंगलबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा २१०० रुपैयाँले बढेको हो ।
सोमबार प्रतितोला १ लाख ५० हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ९२५ रुपैयाँ कायम भएको छ । हिजो चाँदी प्रतितोला १ हजार ८६५ रुपैयाँमा कारोबार भएको थियो ।




प्रतिक्रिया