आजपनि २ हजारले बढ्यो सुनको भाउ

आजपनि २ हजारले बढ्यो सुनको भाउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार तोलामा २ हजार १ सय रुपैयाँले बढेको सुन आज पनि तोलामा २ हजार रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदी भने तोलामा १ हजार ९ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ ।