सुन तोलामा ४०० रुपैयाँ घट्यो

सुन तोलामा ४०० रुपैयाँ घट्यो


काठमाडौं – स्थानीय बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा आज सुनको भाउ प्रतितोला ४०० ले घटेको छ ।

महासङ्घले छापावाला सुनको मूल्य प्रतितोला ७५ हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोला ७५ हजार ३०० कायम गरेको छ । मङ्गलबार सुनको मूल्य स्थिर थियो ।

सोमबार र मङ्गलबार छापावाला सुन प्रतितोला ७६ हजार र तेजाबी सुन प्रतितोला ७५ हजार ७०० मा खरीदबिक्री भएको थियो । सुनको मूल्य घटेसँगै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । बुधबार चाँदी प्रतितोला १५ ले घटेर ८७० पुगेको छ ।