एकैदिन २७ सयले घट्यो सुनको भाउ

एकैदिन २७ सयले घट्यो सुनको भाउ


काठमाण्डु– बुधबार नेपाली बजारमा सुनको भाउ घटेको छ ।मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा २ हजार ७०० रुपैयाँले घटेको हो ।

हिजो १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको मूल्य १ हजार ९३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।