फागुनको पहिलो दिननै २३ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

फागुनको पहिलो दिननै २३ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– फागुनको पहिलो दिन नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । हिजो माग ३० गतेको तुलनामा आज सुनको भाउ २३ सयले बढेको हो ।

हिजो सुन तोलामा २७ सयले घटेर १ लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने आज सुन १ लाख ६९ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेर १ हजार ९६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।