सुनको भाउ १ लाख ७१ हजार कायम

सुनको भाउ १ लाख ७१ हजार कायम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बिहीबार पनि नेपाली बजारमा सुनको भाउ बढेको छ । बिहीबार सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको हो ।

हिजो १ लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ७१ हजारमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंले जनाएको छ ।

यसअघि गत कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।

यस्तै, आज चाँदीको १० रुपैयाँले बढेको छ । बुधवार तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार एक हजार ९९५ रुपैयाँ कायम भएको छ ।