काठमाण्डु– मंगलबार नेपाली बजारमा हासम्मकै महँगो बनेको सुनको भाउ बुधबार भने घटेको छ। आज सुन प्रतितोला १ हजार रुपैयाँले घटेको हो ।
हिजो मंगलबार १ लाख ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ तोलामा ३० रपैयाँले घटेको छ । हिजो १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज केही घटेर १ हजार ९ सय ४० रुपैयाँ कायम भएको हो।




प्रतिक्रिया