एकै दिन ९ सयले घट्यो सुनको भाउ, कति पुग्यो ?

एकै दिन ९ सयले घट्यो सुनको भाउ, कति पुग्यो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आइतबार नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ ९ सय रुपैयाँले घटेको हो ।

शुक्रबार एक लाख ७५ हजारमा कारोबार भएको सुन आज १ लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज चाँदी तोलामा १५ रुपैयाँले घटेको छ । शुक्रबार १९ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज १९८० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।