काठमाडौं – नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
बिहीबार प्रतितोला ७७ हजार ६ सयमा कारोबार भएकोसुनको मूल्यले शुक्रबार ५ सय बढेर ऐतिहासिक रेकर्ड बनाएको हो ।
शुक्रबार छापावाला सुन ७८ हजार १ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, तेजाबी सुनको मूल्य ७७ हजार ८ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । आज चाँदीको मूल्य प्रतितोला ९ सय १५ रुपैयाँमा कायम छ ।




प्रतिक्रिया