६ सयले बढ्यो सुनको भाउ, कति पुग्यो ?

६ सयले बढ्यो सुनको भाउ, कति पुग्यो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आइतबार सुनको भाउ बढेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको हो ।

शुक्रबार १ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ८४ हजार १ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ २० रुपैयाँले घटेको छ । शुक्रबार १९ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज १९ सय १० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।