एकैदिन ५ हजार ३ सय रुपैयाँले बढ्यो सुनको भाउ, कति पुग्यो ?

एकैदिन ५ हजार ३ सय रुपैयाँले बढ्यो सुनको भाउ, कति पुग्यो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– मंगलबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ ।

सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा ५ हजार ३ सय रुपैयाँले बढेको हो ।

सोमबार प्रतितोला १ लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ८९ हजार ९ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ ५५ रुपैयाँले बढेको छ । हिजो १९ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज १९६५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।