फेरि १ लाख ९१ हजारबाट उकालो लाग्यो सुनको भाउ

फेरि १ लाख ९१ हजारबाट उकालो लाग्यो सुनको भाउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बुधबार पनि सुनको भाउ उकालो लागेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा १७ सय रुपैयाँले बढेको हो ।

हिजो ५ हजार ३ सय रुपैयाँले बढेर १ लाख ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९१ हजार ६ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ स्थिर रहेको छ । हिजो १९ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोहि मूल्यमा कारोबार हुने महासंघले जनाएको छ ।