एकैदिन ३७ सय रुपैयाँले घट्यो सुनको भाउ

एकैदिन ३७ सय रुपैयाँले घट्यो सुनको भाउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सोमबार नेपाली बजारमा सुनको भाउ घटेको छ । आइतवारको तुलनामा सोमबार सुनको भाउ तोलामा ३७ सय रुपैयाँले घटेको हो ।

हिजो १ लाख ९० हजार ५०० रुपैयाँमा करोबार भएको सुन आज १ लाख ८६ हजार ८ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेको छ । हिजो १९ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज १९ सय ६० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।