३ हजार ५ सयले घट्यो सुनको भाउ, कति पुग्यो ?

३ हजार ५ सयले घट्यो सुनको भाउ, कति पुग्यो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बिहीबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ ।

बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा ३ हजार ५ सय रुपैयाँले घटेको हो ।

हिजो १ लाख ८५ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ८१ हजार ८ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ ३५ रुपैयाँले घटेको छ । बुधबार १९ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज १९ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।