काठमाण्डु– साताको पहिलो दिन आज नेपाली बजारमा सुनकोभाउ घटेको छ ।
शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको हो ।
शुक्रबार प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज घटेर एक लाख ८४ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंले जनाएको छ ।
यस्तै चाँदीको मूल्य भने स्थिर रहँदै प्रतितोला एक हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ ।




प्रतिक्रिया