काठमाण्डु– बुधबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा ५ हजारले बढेको हो ।
हिजो १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँले बढेको छ । हिजो १९ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज १९ सय ९० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।




प्रतिक्रिया