एकैदिन २ हजार रुपैयाँले घट्यो सुनको भाउ

एकैदिन २ हजार रुपैयाँले घट्यो सुनको भाउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– मंगलबार नेपाली बजारमा सुनको भाउ तोलामा २ हजार रुपैयाँले घटेको छ ।

सोमबार एक लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा १ लाख ९५ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि सामान्य घटेको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले घटेर दुई हजार एक सय ६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलामा दुई हजार एक सय ६५ रुपैयाँ कायम भएको थियो ।