काठमाण्डु– आइतबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।
आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो । शुक्रबार १ लाख ९२ हजार ५० रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । यससँगै शुक्रबार तोलामा २२ सय ८० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार २२ सय ८५ रुपैयाँ पुगेको छ ।




प्रतिक्रिया