काठमाण्डुबाट २ केजी सुन र २४ लाख नगद सहित चिनियाँ नागरिक पक्राउ

काठमाण्डुबाट २ केजी सुन र २४ लाख नगद सहित चिनियाँ नागरिक पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु— ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चीनको सियाचिन घर भएकी ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान रहेका छन् ।

ज्याठास्थित चिनियाँ नामको होटलबाट सोमबार साँझ उनीहरूलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।