काठमाण्डु– मंगलबार पनि नेपाली बजारमा सुनको भाउ घटेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ १३ सय रुपैयाँले घटेको हो ।
गत शुक्रबार (साउन २३ गते) १ लाख ९९ हजार ४०० रुपैयाँ पुगेर नयाँ रेकर्ड राखेको सुनको भाउ आइतबार देखि ओरालो लाग्न थालेको हो ।
हिजो १ लाख ९८ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी १० रुपैयाँले घटेर २३ सय ५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।




प्रतिक्रिया