फेरी उकालो लाग्यो सुनको भाउ, आज ८ सयले बढ्यो

फेरी उकालो लाग्यो सुनको भाउ, आज ८ सयले बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सोमबार नेपाली बजारमा सुनको भाउ बढेको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको हो ।

हिजो १ लाख ९५ हजार ५ सय रुपैयाँ कामय भएको सुन आज १ लाख ९६ हजार ३ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत साउन २३ गते सुनको मूल्य एक लाख ९९ हजार चारसय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको सुनको भाउ लगातार भदौ १ गतेसम्म घटेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि ५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँ घटेर २३१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।