काठमाण्डु– नेपाली बजारमा आइतबार सुनको भाउ बढेको छ ।शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा २ हजार ३०० रुपैयाँले बढेको हो ।
शुक्रबार छापावाल सुनको मूल्य तोलामा एक लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको छ । आइतबार चाँदी प्रतितोला २३ सय ५० रुपैयाँ कायम भएको छ ।




प्रतिक्रिया