२ लाख नजिक पुग्यो सुनको भाउ

२ लाख नजिक पुग्यो सुनको भाउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बुधबार पनि सुनको भाउ बढेको छ । मंगलबारको तुलनामा सोमबार सुनको भाउ ३ सय रुपैयाँले बढेको हो ।

हिजो १ लाख ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९९ हजारमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत साउन २३ गते १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेर सुनको भाउले नयाँ रेकर्ड कायम गरेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । मंगलबार २३ सय ६० रुपैयाँमा कारोवार भएको चाँदी आज प्रतितोला १५ रुपैयाँ घटेर २३ सय ४५ रुपैयाँमा कारोबार भैइरहेको छ । मंगलबार चाँदी हालसम्मकै महङ्गो बनेको थियो ।